काठमाडौं । लाजियो १३ बर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको छ । बिहिबार राति भएको खेलमा काग्लियारीलाई २–१ को जित हात पारेपछि लाजियोले अर्को सिजनको च्याम्पियन्स लिगमा आफुलाई सुरक्षित गरेको हो ।
सिरो ईम्मोबिलले गोल्डेन बुटको दौडमा रहेका क्रिस्टियानो रोनाल्डोलाई समेत उछिनेका छन् । उनको निर्णायक तथा सिजनको ३१ औं गोलमा लाजियोले काग्लियारीलाई २–१ गोल अन्तरले हरायो ।

लाजियोले पाँचौ स्थानको रोमासंग ११ अंकको अग्रता निकाल्यो । लिगमा अब तीन चरणको खेल खेल्न बाँकी छ । लाजियो ७२ अंक सहित चौथो स्थानमा रह्यो । रोमा ६१ अंक सहित पाँचौ स्थानमा रह्यो । काग्लियारी ४२ अंक सहित १३ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया