काठमाडौं । इटालियन सिरी ए फुटबलमा आज (बिहीबार) युभेन्टस उडिनेजेसँग भिड्दै छ ।
युभेन्टसले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ११:१५ मा शुरु भएको हो । युभेन्टस घरेलु टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्टसलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ ।
यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्टस तीन खेल अगावै च्याम्पियन बन्नेछ । लिग लिडर युभेन्टस दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ ।
युभेन्टसले ८० अंक जोड्दा एटलान्टाले ७४ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया