काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपूर्ण खेलमा फराकिलो जित हात पारेको छ ।
पीएसजीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे, नेयमार,एण्डर हरेरा र पाब्लो सराबियाले एक एक गोल गरे ।
पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । च्याम्पियन्स लिगको तयारी गरिरहेको फ्रेन्च च्याम्पियन पीएसजीले स्कटिस च्याम्पियन सेल्टिकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया