घरेलु मैदानमै बार्सिलोना स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमा रहेको बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोना घरेलु मैदानमै १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो ।

खेलको १५ औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए । त्यसअघि खेलको ७७ औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ ।

बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ । ५१ अंक जोडेको ओसासुना ११ औं स्थानमा रहेको छ ।
रियल मड्रिडले ला लिगा उपाधि हात पारी सकेको छ ।

यो पनि पढ्नुहोस् : ३४ औं पटक ला लिगा उपाधि रियलको पेल्टामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?