काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज (बिहीबार) विभिन्न १० खेलहरु हुँदैछ ।
ला लिगामा बिहीबार लिग लिडर रियल मड्रिडसहित बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उपाधिसहित शीर्ष चार र रेलिगेसन क्षेत्रमा रहेका टोलीको खेल फरक समयमा हुँदा नतिजा प्रभावित हुन सक्ने भएको कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ ।
जस अन्तर्गत ला लिगामा बिहीबार १० खेल एकै समयमा हुन लागेको हो ।
उपाधिको दाबेदार क्लब रियलले भिल्ला रियलको सामना गर्दैछ । बार्सिलोनाले बिहीबार राति नै ओसासुनासँग खेल्नेछ । ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले गेटाफेसँग खेल्दा सेभियाले रियल सोसिडाडसँग खेल्नेछ ।
त्यस्तै, एथ्लेटिक बिल्बाओले लेगानेससँग खेल्दा इबरले रियल भालाडोलिडसँग खेल्नेछ । ला लिगामै बिहीबार सेल्टा भिगोले लेभान्टे, मालोर्काले ग्रानडा, रियल बेटिसले डिपोर्टिभो अलाभेस र भ्यालेन्सिया स्पानियोलसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया