जितसँगै रियललाई ७ अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । एथ्लेटिक बिल्बाओसँग रियल मड्रिडले १-० गोलले जित हात पारेको हो ।

बिल्बाओको मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे ।

Image

डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरे ।

जितसँगै रियलले उपाधि होड बलियो बनाएको छ । यस्तै रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।

रियलले ३४ खेलमा ७७ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक रहेको छ ।

४८ अंक जोडेको बिल्बाओ आठौं स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?