काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज रियल मड्रिड र एथ्लेटिक बिल्बाओ भिड्दै छन् । खेल नेपाली समय अनुसार ५:४५ बजे बिल्बाओको मैदानमा शुरु हुनेछ ।
बिल्बाओविरुद्ध मैदान उत्रदा रियल जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर, बलियो र घरेलु टिमविरुद्ध रियललाई जित निकाल्न कठिन हुने देखिएको छ ।
रियलले ३३ खेलमा ७४ अंक जोडेको छ । त्यस्तै, रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ४ अंकले अघि रहेको छ । बिल्बाओको मैदानमा जित निकाल्दै उक्त अग्रतालाई कायम राख्ने योजनामा हुनेछ ।
४८ अंकसहित आठौं स्थानमा रहेको बिल्बाओ भने रियललाई हराएर अंक तालिका सुधार्ने दाउमा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया