ला लिगा फुटबल : लगातार छैठौँ जितको खोजिमा रियल

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (बिहिबार) रियल मड्रिड गेटाफेसँग भिड्दै छ ।

रियलले आफ्नो घरेलु मैदानमा गेटाफेसँग भिड्दै छ । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । रियल पाहुना टोलिसँग सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।

रियल अर्को उपाधि दाबेदार क्लब बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ । घरेलु मैदानको जितले भने रियललाई ४ अंकको अग्रता हुनेछ ।

रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७० अंक रहेको छ । छैटौं स्थानको गेटाफेको ५२ अंक रहेको छ । गेटाफे रियललाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?