बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै, बार्सिलोनालाई जित अत्यावश्यक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दुई ठुला क्लब बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै छन् । बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिकोसँग भिड्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा हुनेछ ।

लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि होड बलियो बनाउन एट्लेटिकोविरुद्ध जित अत्यावश्यक रहेको छ । किनकि बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।

बार्सिलोनाले ३२ खेलमा ६९ अंक जोडेको छ । रियलको ७१ अंक रहेको छ ।

पाहुना टोलिविरुद्धको जितले बार्सिलोना शीर्ष स्थानमा समेत उक्लने छ । त्यसैले अघिल्लो खेलमा अंक गुमाएको बार्सिलोना एट्लेटिकोलाई हराउने लक्ष्यमा हुनेछ ।

तर, बलियो टिम एट्लेटिकोविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुनेछ । एट्लेटिको पनि बार्सिलोनालाई हराएर शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिकोक् ५८ अंक रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?