काठमाडौं । ला लिगा फुटबलमा रियल मड्रिडले स्प्यानियोललाई पराजित गरेको छ । स्प्यानियोललाई पराजित गर्दै रियलले दुई अंकको अग्रता लिएको छ ।
आईतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० ले हराएको हो ।
रियलको जितमा क्यासमिरोले ४५ औं मिनेटमा विजयी गोल गरे ।
![RESUMEN] Real Madrid won 0-1 to Espanyol and is the absolute ...](https://i0.wp.com/www.en24.news/en/img/wp-content/uploads/2020/06/Z7HS2RZCDFFGXOYNWZBTDMJZEM.jpg?resize=696%2C375&ssl=1)
रियलले पछिल्ला ६ खेलमा अपराजित छ । उसले ५ जित र एक बराबरीको नतिजा आत्मसाथ गरेको छ । रियल सन् २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि होडमा अगाडी देखिएको छ ।
शीर्ष स्थानको रियलको ७१ अंक भएको छ । दोस्रो स्थानको रियलको ६९ अंक छ । तालिकाको पुछारमा रहेको स्प्यानियोलमाथि रेलिगेशनको खतरा थप बढेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया