बायर्नलाई लगातार आठौं सिजन च्याम्पियन ट्रफी

काठमाडौं । फराकिलो जितसँगै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा जितेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अघि रह्यो ।खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

Image

वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जितसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।

उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो । बायर्नले यस सिजन २६ जित, ४ बराबरी र ४ हार व्यहोर्यो । बायर्नले विपक्षी टिमबिरुद्ध कुल १०० गोल समेत गर्यो ।

यस सिजन बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो ।

एजेन्सी

Image

Image

Image

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?