काठमाडौं । सेभिया स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा सेभिया रियल भायाडोलिटसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेपनि सेभियाले पाहुना टोलिसंग अंक खोस्न सफल भएको हो । खेलको २५ औं मिनेटमा किकोले गोल गर्दै भायाडोलिटलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमा गोल गर्दै सेभियालाई हारबाट जोगाए । बराबरीसंगै सेभियाले ३२ खेलबाट ५४ अंक जोडेको छ । र, चौंथो स्थानको सेभियाले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
३५ अंक जोडेको भायाडोलिट १४ औं स्थानमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया