काठमाडौं । सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे । जितसँगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ ।
५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया