काठमाडौं । इटालियन सिरी ए फुटबलमा आज (शुक्रबार) युभेन्ट्स लिसीसँग भिड्दै छ । युभेन्ट्सले घरेलु मैदानमा लिसीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १:३० मा हुनेछ ।
लिसीलाई पराजित गर्दै युभेन्ट्स आफ्नो अग्रता फराकिलो बनाउन चाहान्छ ।
घरेलु मैदानमा कमजोर टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जित निकाल्ने योजनामा हुनेछ । यस सिजन उपाधितर्फ लम्किएको युभेन्ट्सले २७ खेलमा ६६ अंक जोडेको छ । लिसी २५ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया