एनआरटी र आरसिटी क्लबले धादिङमा होम ग्राउण्ड बनाउने

काठमाडौं । नेपाली फुटबलको चर्चित क्लब न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) होम ग्राउण्ड निर्माणका लागि धुनिवेशी नगरपालिकाको पुरानो धार्केमा रहेको जग्गा निरिक्षण गरेका छन् ।

No photo description available.

एनआरटी र आरसिटीका पदाधिकारीले भुवनेश्वरी माध्यामिक विद्यालयको मातहतमा रहेको करिब ३३ रोपनी जग्गामा फैलिएको मैदानको निरीक्षण गरेका हुन् ।
एनआरटीका अध्यक्ष सुन्दर जोशी र महासचिव नरेन्द्र श्रेष्ठ तथा आरसिटीका उपाध्यक्ष कुमार राज भण्डारी र सह सचिव रविन महर्जनले जग्गा निरीक्षण गरेका छन् ।

जग्गा हेरेपछि एनआरटी अध्यक्ष सुन्दर जोशीले भने सकारात्मक देखिएका छौं । चाडैनै क्लबको बैठक बस्ने छ । जग्गाको कुरा फाइनल भएसँगै एन्फा, राखेप र नगरपालिकासँग मिलेर काम अघि बढाउने छौं,’।

त्यस्तै, नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आफ्नो नगरपालिका क्लबहरुसँग मिलेर खेलकुद क्षेत्रमा लाग्न तयार भएको बताए । उनले थपे, ‘नगरपालिकाले आफ्नो क्षेत्रलाई गौरवान्वित बनाउन काम सुरु गरेको छ । खेल मैदान सहित पार्क बनाउने, नगर स्तरिय हस्पिटल, होटल बनाउने योजना ल्याएको छ । जसले गर्दा धुनिवेशी नगरपालिकाको प्रमोट हुन्छ,’ आचार्यले भने, ‘काठमाडौं नजिक रहेर पनि हाम्रो क्षेत्र केहि नभए जस्तो भएको छ । सफल टिम पाएको अवस्थामा सहकार्य गर्दै अगाडि बढ्नेछौं ।’

कोरोना भाईरसको महामारीबीच बिहीबार क्लबका पदाधिकारीसँगै राखेप सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली समेत धादिङ आएका थिए ।

दुवै क्लबले यस मैदानलाई आफ्नो घरेलु मैदानसहित एकेडेमी बनाउने योजना बनाएका छन् । क्लबले मैदानमा होस्टेल भवनसहित प्याराफिट समेत बनाउने जनाएको छ ।
न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) नेपाली फुटबलका चर्चित र पुराना क्लब हुन् ।

आरसिटी क्लबले ६ पटक र एनआरटीले ४ पटक ए डिभिजन लिगको उपाधि हात पारेका छन् ।

No photo description available.

 

No photo description available.

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?