पीएसजीका तीन खेलाडीलाई कोरोना

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का तीन खेलाडी र एक स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पीएसजीले खेलाडी र स्टाफमा परिक्षण गराउदा तीन खेलाडी र एक स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

पीएसजीले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने सार्वजनिक गरेको छैन । फ्रेन्च कप, फ्रेन्च लिग कपको फाइनल र च्याम्पियन्स लिगका लागि प्रशिक्षण शुरु गर्नु अघि पीएसजीले खेलाडी र स्टाफमा कोरोना परिक्षण गरेको हो ।

पीएसजीले बिहिबारबाट सानो समूह बनाएर प्रशिक्षण थाल्ने जनाएको छ । फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट इटिने र लिग कपको फाइनलमा पीएसजीले लियोनसँग खेल्नेछ । दुवै फाइनलको मिति तय भएको छैन ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?