युभेन्ट्स र बोलोग्ना भिड्दै, युभेन्ट्सलाई अग्रता बढाउने अवसर

काठमाडौं । इटालियन सिरी ए फुटबलमा आज (सोमवार) युभेन्ट्सले बोलोग्नासँग भिड्दैछ । उपाधि दाबेदार युभेन्ट्सले बोलोग्नासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार १:३० बजे शुरु हुनेछ ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारु पछि युभेन्ट्सले पहिलो खेल खेल्न लागेको हो । युभेन्ट्स तुलनात्मक कमजोर टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ ।

यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र १ अंकले अघि रहेको छ । बोलोग्नालाई हराएर युभेन्ट्स शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ । युभेन्ट्सले २६ खेलमा ६३ अंक जोडेको छ । लाजियोको ६२ अंक रहेको छ ।

लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ । बोलोग्ना पनि घरेलु मैदानमा युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।

सिरी ए अन्तर्गत नै अन्य खेलमा एसी मिलानले लिसीसँग खेल्नेछ ।

त्यस्तै फियोरेन्टिनाले ब्रेसियासँग खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?