ला लिगा फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ ।

कोरोना भाइरसको महामारीबीच सुचारु लिग अन्तर्गत शनिबार एट्लेटिको मड्रिडले रियल भायाडोलिटको सामना गर्नेछ । एट्लेटिकोको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा एट्लेटिको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ । चौंथो स्थानको एट्लेटिकोले ४९ अंक जोडेको छ । घरेलु मैदानमा सहज जित निकाले सेभियालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लने छ ।

पाहुना टोली भायाडोलिट ३३ अंक जोडेको १५ औं स्थानमा रहेको छ । यस्तै, स्पानियोलले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ ।

ला लिगा अन्तर्गत नै एथ्लेटिक बिल्बाओले रियल बेटिससँग खेल्दा गेटाफे र इबरबीच प्रतिस्पर्धा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?