काठमाडौं । अब यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग फुटबलमा पाँच खेलाडी परिवर्तन (सब्सिच्युड) गर्न पाइने भएको छ ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) को बुधबार बसेको बैठकले दुवै लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो ।
कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुनस् मैदान फर्कदा कठिन हुने भएको कारण यूईएफएले खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण फुटबल खेलहरु स्थगित भएका थिए । यस्तै, दुवै प्रतियोगिताको बाँकी खेलका लागि थप ३ नयाँ खेलाडी दर्ता गर्न पाउने छन् ।
यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई सहयोग पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न अनुमति दिएको थियो ।
च्याम्पियन्स लिग अगष्ट ७ बाट शुरु भएर २३ मा सकिनेछ । युरोपा लिग अगष्ट १० बाट शुरु भएर भएर २१ मा सकिनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया