काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न लागेको जानकारी दिए ।
मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको उल्लेख गरे । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान गरिएको बताए ।
मन्त्री विश्वकर्माले पदक जितेका खेलाडीलाई रकम उपलब्ध गराएको भन्दै पेश्की फछ्र्योट गर्न ढिला भएका कारण केही प्रशिक्षकलाई रकम उपलब्ध गराउन ढिला भएको बताए । आगामी आर्थिक वर्षदेखि सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले स्पष्ट पारे । सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया