बार्सिलोना र लेगानेस भिड्दै, बार्सिलोनालाई ५ अंकको अग्रता बनाउने अवसर

काठमाडौं । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा आज (मंगलबार) बार्सिलोनाले रेलिगेसन क्षेत्रमा रहेको लेगानेसको सामना गर्दैछ ।
बार्सिलोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जित निकाल्ने योजनामा समेत हुनेछ । यस अघि बार्सिलोनाले मालोर्कालाई ४-० ले हराएको थियो ।

बार्सिलोना २८ खेलमा ६१ अंक जोडेको शीर्ष स्थानमा रहेको छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ ।

रियलको ५९ अंक रहेको छ । २३ अंक जोडेको लेगानेस पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत अर्को खेलमा गेटाफेले स्पानियोलसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?