काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख १७ हजार ६ सय ४९ जनाको ज्यान गएको छ ।
बितेको २४ घण्टामा ९ हजार ५ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख ५१ हजार ७ सय ३० पुगेको छ । त्यस्तै हालसम्म ८ लाख ५६ हजार २ सय ८९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १६ हजार ७ सय २७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १२२ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४ लाख ३३ हजार ६ सय २ जना मानिसको मृत्यु भइसकेको छ । भने ७९ लाख २९ हजार ६ सय ५९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ४० लाख ७६ हजार २ सय ९७ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया