रियल मड्रिड र इबर भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) उपाधिका दाबेदार क्लब रियल मड्रिडले इबरसँग प्रतिस्पर्धा गर्दैछ ।

कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि रियलले पहिलो खेलमा इबरसँग खेल्न लागेको हो । रियल र इबरबीचको खेल नेपाली समय अनुसार ११ : १५ बजे शुरु भएको छ ।

अल्फ्रेडो डी स्टेफानो मैदानमा रियल सहज जितको खोजीमा हुनेछ । तुलनात्मक कमजोर टिम इबरविरुद्ध रियल जित निकाल्दै ला लिगाको उपाधि होड कायम राख्ने योजनामा हुनेछ ।

लिगको दोस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंकले पछि रहेको छ । त्यसैले रियल इबरलाई हराएर बार्सिलोनासँगको अंक दुरी कम गर्न चाहन्छ ।

रियलले २७ खेलबाट ५६ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६१ अंक रहेको छ । यता, इबर २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । रियलविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै इबर अंक तालिका सुधार गर्न चाहन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?