रहेनन् युनाईटेड लिजेण्ड टोनी ड्युन

काठमाडौं । युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन भएको छ । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको हो ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । बेम्वलीमा भएको खेलमा युनाईटेडले बेन्फिकालाई ४–१ ले हराउँदै उपाधि जितेको थियो ।

बेम्वलीमा उपाधि उचाल्ने युनाईटेड पहिलो ईङ्लिस क्लब बनेको थियो । सन् १९५८ मा म्युनिखमा भएको विमान दुर्घटनापछि क्लबलाई शानदार सफलता दिलाउने अभियानमा ड्युनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

The Republic of Ireland international (left) spent 13 years at Old Trafford after joining in 1960

रिपब्लिक अफ आयरल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी समेत रहेका टोनीले ओल्ड ट्राफोर्डमा १३ बर्ष बिताएका थिए ।

उनले युनाईटेडबाट दुई पहिलो डिभिजनको फुटबल उपाधि र एफ ए कप उपाधि जितेका थिए ।

म्यान युनाईटेडले टोनीको निधनको पुष्टि गर्दै क्लबका महान खेलाडीको रुपमा ब्याख्या गरेको छ ।

ड्युनले युनाईटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । उनी भन्दा ७ खेलाडीले मात्र युनाईटेडको जर्सीमा धेरै खेल खेलेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?