काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा वोल्फ्सबर्गले साँघुरो जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
ब्रेमेनको मैदानमा वोल्फ्सबर्गलाई जित दिलाउन विड वेटहोर्स्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा वेटहोर्स्टले निर्णायक गोल गरेका थिए ।
जितसँगै वोल्फ्सबर्ग लिगको छैटौं स्थानमा उक्लिएको छ । वोल्फ्सबर्गले ३० खेलमा ४५ अंक जोडेको छ । २५ अंक जोडेको ब्रेमेन पुछारबाट दोस्रो स्थानमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया