काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट शुरु हुने भएको छ ।
प्रिमियर लिगले सन् २०२० र २१ को सिजन सेप्टेम्बरको दोस्रो साताबाट गर्ने तयारी गरेको छ । तर मितिको तय भने भइसकेको छैन । कोरोना भाइरसको महामारीको कारण यस सिजनको लिग सकिएको छैन ।
कोरोनाका कारण गएको मार्चबाट स्थगित भएको लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजनमा २० क्लबले ९२ खेल खेल्न बाँकी छ । यस अघि प्रिमियर लिगको नयाँ सिजन अगष्टमा शुरु हुँदै आएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया