बुन्डेस लिगा : बायर्न र बायार भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आज शनिबार विभिन्न पाँच खेल हुँदैछ । कोरोना भाईरसको महामारीबीच जारी लिगमा शनिबार बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग लिडर बायर्नले बायार लेवरकुसनको सामना गर्नेछ । लेवरकुसनको मैदानमा हुने खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ । लेवरकुसनविरुद्ध मैदान उत्रदा बायर्न सहज जितसहित उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर, बलियो टिम लेवरकुसनलाई उसैको मैदानमा हराउँन बायर्नलाई सहज भने छैन ।

बायर्न २९ खेलमा ६७ अंकसहित शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको डर्टमण्ड भन्दा ७ अंकले अघि रहेको छ । लेवरकुसन ५६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

लेवरकुसनलाई पराजित गरे बायर्नले डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाउनेछ । तर, डर्टमण्डले शनिबार राति नै हेर्था बर्लिनसँग खेल्दैछ । डर्टमण्डको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।

डर्टमण्ड घरेलु मैदानमा जित निकाल्दै बायर्नसँगको अग्रता घटाउन चाहन्छ । डर्टमण्ड ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हेर्था ३८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

बुन्डेसलिगा अन्तर्गत नै तेस्रो स्थानको लाइपजिगले पार्डाबोनसँग खेल्नेछ । यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले माइन्जसँग खेल्दा फोर्टुना डुसलडोर्फले होफेनहाइमसँग खेल्नेछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?