रोनाल्ड बने १ बिलियन भन्दा बढी कमाई गर्ने पहिलो फुटबलर

काठमाडौं । फुटबल स्टार रोनाल्डो एक बिलियनभन्दा बढी कमाई गर्ने पहिलो फुटबलर बनेका छन् ।  विजनेश म्यागजिन फोब्र्सको सुचीमा ३५ वर्षीय रोनाल्डो २०२० मा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा छन् । उनीभन्दा अगाडि अमेरिकी मोडल तथा विजनेश पर्सन्यालिटी केली जेन्नर, अमेरिकी र्‍यापर कान्य वेस्ट र स्विस टेनिस स्टार रोजर फेडेरर छन् ।

गत वर्ष उनले कर कटौती नगरी १ सय ५ मिलियन आम्दानी गरेको विश्लेषकहरुको अनुमान छ । यससँगै उनको करियरको कुल कमाई १ बिलियन पुगेको हो ।
सक्रिय खेलाडी जीवनमै १ बिलियन कमाउने उनी केवल तेस्रो व्यक्ति हुन् । यसअघि टाइगर उड्स र फ्लोइड मेइवेदरले पनि खेल जीवनकै क्रममा आफ्नो कुल कमाई १ बिलियन पुर्‍याएका थिए ।

यस सुचीअनुसार मेसीले पनि यस वर्ष १ सय ४ मिलियन अमेरिकी डलर कमाएका छन् । २००८ देखि २०१८ सम्म १० वर्ष निरन्तर बेलोन डि अरको अवार्ड यी दुई खेलाडीले मात्रै जितेका थिए ।

तत्कालीन समय मेसीको बार्सिलोनाले ७ पटक ला–लिगा उपाधि जित्यो भने रोनाल्डोको म्याड्रिडले चारपटक च्याम्पियन्स लिग जित्यो ।
रोनाल्डोले फुटबल मैदानबाहिर पनि आफ्नो ख्यातिलाई फैलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?