काठमाडौं – भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट ६२ वर्षिय एकजना डाक्टरको मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यम एकडिटिभी डटकमका अनुसार एक निजी क्लिनिक चलाउँजे चौहानलाई तीन दिनअघि भाइरसको संक्रमण देखिएको थियो ।
उनलाई औरोबिन्दो हस्पिटलमा भेन्टिलेटरमा राखिएको थियो । यसअघि बिहीबार पनि इन्दौरमै शुत्रुघ्न पंजवनी नाम गरेका अर्का एक डाक्टरको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यी दुवै डाक्टरको उपचार औरोबिन्दो अस्पतालमा हुँदै आएको थियो । तर, उनीहरुले भने कोभिड–१९ का बिरामीको उपचार गरेका थिएनन् ।
अहिले भारतको स्थानीय प्रशासनले भने पंजावनी र चौहानको क्लिनिकमा पछिल्लो १४ दिनयता आउने मानिसहरुको खोजी गरिरहेको छ । त्यहाँका डाक्टरले भनेका छन् यो उपचार लिन आउनेबाट संक्रमण सरेको हुनसक्छ । उनीहरुको माध्यमबाट क्लिनिकमा आउनेमा कोभिड–१९ को संक्रमण फैलिएको हुन सक्ने प्रशासनले बताएको छ । प्रशासनले टेसिङको काम गरिरहेको छ ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण २ सय २९ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया