महरा प्रकरण : आमाले भनिन्, ‘पदीय गरीमा जोगायस्’ तात्यो सामाजिक सञ्जाल !

काठमाडौँ – हिजो साँझ एउटा अपत्यारीलो लाग्ने किसिमको समाचार एक अनलाईनमार्फत धुँवासरी फैलियो । सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्यो । सोमबार राति एक केहि सांकेतिक तस्विरसहितको समाचार एक अनलाईमार्फत प्रकाशित भएपछि त्यो खैलाबैला मच्चिएको छ । संघीय संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाई केहि प्रमाणहरु पनि पेश गरेको भिडियोमा देखिन्छ ।

सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने नपरेको बुझिएको छ। संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकी हुन्।

सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरिन् । दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनको दावी छ । मदिरा पिएर उनको कोठामा पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ ।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

यसैबिच भिडियो अन्तर्वार्तामा पिडित महिलासँग पत्रकारले गरेको कुराकानीमा भनिएको छ ।

उहाँले मलाई ६ बजे नै फोन गर्नुभएको थियो । दुई पटक गर्नुभएको रैछ । त्यो भन्दा पहिले पनि गर्नुभएका रैछ । अनि साढे ६ पौने ७ बजेतिर एक्लै हो भने म आउँछु भन्नुभयो । मसंग तपाईको के काम हुन्छ र मैले भनेकी थिएँ । त्यसपछि हैन म आउँछु भन्नुभयो । मलाई अलिकति अचम्म पनि लाग्यो । किन हतार परेको होला ? किन आउन खाज्नु भएको हो ? भनेर के हो के हो जस्तो लाग्या थियो ।

त्यसपछि आउनुभयो, आईसके पछि त्यो रक्सी पनि लिएर आउनुभएको रैछ । ल आज दशैँ यहि मनाउँने यही गरौ भनेर भन्नुभयो ।
सर म खाँन्न भने, पहिले पनि सर भनिराखेको । सर म खाँन्न, टाउको दुख्छ भने ।

हैन खानुपर्छ भनेर भन्नुभयो । अनि मैले दुईवटा गिलास लगें ।
दुईटामा किन खाँने एउटैमा खाऊ भन्नुभयो ।
झुठो खान हुँदैन भन्छन्, म त खाँदिन भने ”

===
यो भिडियो भाईरल भएसँगै अर्को ट्विस्ट आयो बलात्कार आरोपबारे महराको सचिवालय बोल्यो र भन्यो चस्मा महरासँगै छ ।
गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराको सचिवालयले खण्डन गर्दै महराले संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको भन्दै अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।

‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।

यो प्रकरणबाट सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै यसबारे भ्रममा नपर्न सबैसँग अनुरोध गरिएको छ ।

हिजोको रात हो कि हैन कि भन्नेमै बित्यो । आज बिहानै पार्टीको गोप्य बैठक डाकियो ।
सभामुख कृष्ण बहादुर महराको स्क्यान्डलबारे छलफल गर्न प्रचण्डले आकस्मिक बैठक बोलाएका थिए । प्रचण्ड निवास खुमलटारमा बोलाइएको बैठकमा महराको बिबादबारे छलफल हुने एक नेताले बताए । स्रोतका अनुसार बैठकमा महासचिव बिष्णु पौडेल सहित उच्च नेताहरुलाई बोलाइएको छ । महराले भने आरोपको खन्डन गरिनै रहे । तर पछि पार्टीका अन्य साग छलफलपछि सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको छानबिनमा सहयोग गर्ने बताउनुभएको थियो ।

यता आजै नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी आरोपको घटना यतिकै निस्तेज पार्न नहुने बताउनुभएको छ । उहाँले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजाय पाउनुपर्ने बताउनुभयो ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै थापाले कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै सभामुख दोषी भए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताउनुभयो ।

सञ्चारमाध्यमबाट आएका सूचना गम्भीर रहेको बताउँदै थापाले त्यही सूचनाको आधारमा घटनाको अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

त्यसपछि सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने ‘मुड’ बनाउनुभएको स्रोतले बतायो । सम्भवतः महराको आजै (मंगलबार) राजीनामा आउनेछ । महराले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएको स्रोतले बतायो । बिहान उहाँहरुबिच छलफल भएको थियो ।
महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका थिए ।

यसैबिच सामाजिक सञ्जालमा यस घटनालाई लिएर खुबै तातेका छ । एक जना प्रयोकर्ताले लेख्नूभएको छ । बाबू आफ्नो ओहदा ख्याल गर्नू ।

त्यस्तै अरुले यी विभिन्न आशयका प्रतिक्रियासहितका स्टाटस राखेका छन् ।

यसैबिच सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको संगीन आरोप लागेपछि नेकपाले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।

 

यसैबिच साझा पार्टीले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन माग गरेको छ । बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख महराको राजीनामाको माग गरेको हो ।

खासमा उनको विगत पनि विवादमा जेलिएको थियो ।
सामाजिक सञ्जाल होस् या चिया पसले अहिले सभामुख कृष्णबहादुर महराको विवादलाई लिएर टिकाटिप्पणी सुरु भएको छ। सामान्यतयाः सामान्य हैसियतका नागरिकलाई यत्तिको आरोप लागेको खण्डमा तत्कालै प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गर्छ । तर महराको हकमा भने प्रहरीले सामान्य प्रतिक्रिया दिन समेत आनाकानी गरिरहेको छ।
यतिसम्मकी प्रहरीले यसबारे आफूलाई कुनै जानकारी नरहेको भनि तकिएरहेको छ ।
सभामुख जस्तो सम्मानित ओहदामा बसेका व्यक्तिमाथि गम्भीर आरोप लागिसकेपछि यो विषयको कसरी टुंगो लाग्छ त्यो त आगामी दिनमा प्रष्ट हुनेनै छ तर महराकै सन्दर्भमा कुरा गर्दा यो विवाद पहिलो भने होइन ।
सुरुमा पछिल्लो विवादबारे चर्चा गरौंः
महरालाई संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । आफ्नै कोठामा गएर मदिराको सुरुमा आफूलाई बलात्कार गरेको महिलाको दाबी छ।
उनीसँग महराको पहिलेदेखिनै निकट सम्बन्ध रहेको बताइएको छ । यसबारे केही अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेपछि यसबारे सामाजिक सञ्जालमा तीब्र टिकाटिप्पणी भइरहेको छ। यसबारे सभामुख महराले भने समाचार र आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।

‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।
हुन त सत्ताकै वरिपरी बस्न रुचाउने भनेर समेत आलोचित महरा यसअघि पनि आधा दर्जन बढी विवादमा फसिसकेका व्यक्ति हुन् । बाहिर भद्र व्यक्तिको पहिचान बनाएको भएपनि उनको विवाद भने गर्माउने खालको रहेको छ ।

कृष्णबहादुर महरा जतिबेला सञ्चारमन्त्री थिए, ठीक त्यहीबेला नेपालमा सबैभन्दा धेरै फ्रिक्वेन्सीको ‘प्लटिङ’ भयो । ०६२–६३ को जनआन्दोलन सफल भएसँगै गठन भएको सरकारका सञ्चारमन्त्री रहेका महराले त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेका थिए ।

महरा सञ्चारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएको थियो । भलै हालै सुर्मागीले पाएको फ्रिक्र्योन्सी हालै रद्द भएको छ ।

५० करोडको टेप काण्ड पनि महराको विवादको अर्को पाटो हो । २०६७ भदौ १८ गते उनले चिनियाँसँग पैसाको डिल गरेको अडियोमा बाहिर आएको थियो ।
तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच गम्भीर खालको संवाद भएको अहिले पनि युट्युबमा सुन्न पाइन्छ ।
२०७३ सालमा अर्थमन्त्री हुनुअघि नेता महराले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पाने फारम भराएर अनुसन्धान सुरु गरेको थियो । तर, अकुत सम्पत्तिमा छानविन भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्रीको झण्डा उपहार पाउँदा विवाद आउने कुरा स्वभाविक नै थियो ।

अर्थमन्त्री भएपछि रोल्पा जिल्लामा करोडौं रकमान्तर गरेके भन्दै अख्तियारले उनीमाथि छानविन गरेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपियाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेको भन्दै आयोगका तत्कालीन कार्यवाहक आयुक्त दीप बस्न्यातले महरालाई नछाड्ने अभिव्यक्ति दिएका थिए ।

लडाकुको नाममा बुझेको करोडौं बेरुजुमा पनि हराकै संलग्नता रहेको बताइन्छ । २०७३ भदौ ३१ गते साँझपख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी गराउन पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित तत्कालीन अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई ३० दिनभित्र उपस्थित हुनेगरी पत्राचार गरिएको जानकारी दिएका थिए ।

शान्ति प्रक्रिया सुरु भएसँगै क्यान्टोनमेन्टमा केन्द्रित गरिएका माओवादी लडाकुहरूको भरणपोषणका लागि सरकारले उपलब्ध गराएको रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए ।

शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाखको बेरुजु देखाएको थियो । जुन त्यस वर्ष भएको खर्चको ९२ प्रतिशत थियो ।

शान्ति सम्भौता भएदेखि चैतसम्म लडाकुको नाममा महराले बुझेको रकमको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन । यसबारे पार्टीभित्र र बाहिर पटक–पटक कुरा उठ्न थालेपछि महरा विवादमा तानिएका थिए ।
यस्तै छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानीको विषयमा पनि महरा विवादमा तानिएका थिए ।यहाँ प्रस्तुत गरिएका तस्वीरहरु सामाजिक सञ्जालबाट निकालिएका हुन् ।

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक ! 

अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु 

विवादै विवादले जेलिएको महराको विगत

राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै ! 

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

महरा प्रकरणमा गगन थापाले यसो भने 

 

…र यो पनि 

महत्वपूर्ण टिप्सहरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?