साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

काठमाडौं । साझा पार्टीले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन माग गरेको छ । बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख महराको राजीनामाको माग गरेको हो ।

बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भएको बताउँदै साझा पार्टीले हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन माग गरेको हो ।

साझा पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ , ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’

पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।

यो छुटाउनुभयो कि ?

राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै !

अन्तत: महराले भने – छानबिनमा सहयोग गर्छु

विवादै विवादले जेलिएको महराको विगत

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन्- ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ ! (विज्ञप्तिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?