एकैदिन सुनको मूल्यमा १ हजार ९०० रुपैयाँको गिरावट, चाँदी के भयो ?

लोकपथ
168
Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?