काठमाडौं । ३०० रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान किनेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले सो रकम जितेका हुन् ।
सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेको जनाइएको छ । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् ।
राष्ट्रिय कर दिवसका अवसरमा नयाँ बिजेता घोषणा गरिएको हो । सो अवसरमा यसअघिका विजेताहरुलाई पनि सम्मान गरिएको थियो ।
यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पन्डितलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया