राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै !

काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने ‘मुड’ बनाउनुभएको छ ।
सम्भवतः महराको आजै (मंगलबार) राजीनामा आउनेछ । महराले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएको स्रोतले बतायो । बिहान उहाँहरुबिच छलफल भएको थियो ।
महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका थिए ।

यो समाचार पढ्नुभएको थियो ?

महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक ! 

संसद सचिवालयमा कार्यरत एक महिलाले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा आफूलाई जबर्जस्ती करणी गरेको र मादक पदार्थको तालमा कुटपीट, दुव्र्यवहार गरेको भन्दै मिडियामार्फत आरोप लगाएकी थिईन् । तर हिजो नै सामाजिक सञ्जालमा त्यो समाचार भाईरल भएसिँगै विभिन्न टिकाटिप्पणीले सामाजिक सञ्जाल तातेको थियो ।

महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको सटिक प्रतिक्रिया दिनुभएको थियो । यस्तै सचिवालयले प्रेस विज्ञप्ती जारी गरी त्यो घटना महराबाट नभएको दाबी गरेको थियो । तर आज बिहान भएको बैठकपछि बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ ।

यो विषयलाई लिएर सामाजिक सञ्जालमा निकै चर्को आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?