महरा प्रकरणमा गगन थापाले यसो भने

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ति करणी आरोपको घटना यतिकै निस्तेज पार्न नहुने बताउनुभएको छ । उहाँले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने बताउनुभयो ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै थापाले कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै सभामुख दोषी भए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताउनुभयो ।

सञ्चारमाध्यमबाट आएका सूचना गम्भीर रहेको बताउँदै थापाले त्यही सूचनाको आधारमा घटनाको अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?