एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । आजको खेलले लुम्बिनीले लगातार दोस्रोपटक उपाधि जित्ने वा सुदूरपश्चिमले पहिलोपटक च्याम्पियन बन्ने भन्ने टुंगो लगाउनेछ ।

लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै, सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल खेल्न लागेको हो । यसअघि दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ । यता, लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्ने तयारीमा छ ।

दुई टोलीबीच अहिलेसम्म पाँच खेल भएका छन् । तीमध्ये लुम्बिनीले तीन खेल जितेको छ भने सुदूरपश्चिमले दुई खेल जितेको छ ।

एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?