काठमाडौं । चीनले नेपाललाई भोटेकोशी बाढी प्रभावित नागरिकहरुको राहत र उद्धारका लागि २ मिलियन अमेरिकी डलर अनुदान दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने उक्त अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार चीनले भदौ १० मा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको जीवन रक्षाका लागि उक्त रकम अनुदानका रुपमा उपलब्ध गराएको हो ।
चीनले दिएको उक्त सहायता रकम आजको विनिमय अनुसार करिब ३० करोड हुन आउँछ ।
‘चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालिन उद्धार र राहत कार्यका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद सहायता स्वीकार गर्ने निर्णय भएको छ,’ उनले भने ।
यसैगरी आज बसेको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ गते दुई दिने राजकीय भ्रमणका लागि भारत जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया