सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर

लोकपथ
0
Shares

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने भएको छ ।

संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?