म्याक्स टाइगरको ‘दशैँ धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

लोकपथ
0
Shares

काठमाडौं । दशैँको रौनकसँगै म्याक्स टाइगरको ‘दशैँ धमाका’ भने रोकिएको छैन । कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ ।

अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन् । म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ । दशैंँको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए । पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ ।

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना भाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउने कम्पनीले जनाएको छ ।

पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ । यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ ।

बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म पुगेको म्याक्स टाइगरको पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्ताको उत्सवमा नयाँ उत्साह थपेको कम्पनीको दाबी रहेको छ । एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।

दशैँको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले उपभोक्तालाई उत्सव मनाउने थप अवसर प्रदान गरिरहेको छ । स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह ! म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ ले उपभोक्ताका लागि यो चाडपर्व पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सव बनाइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?