सिप्रदी ट्रेडिङले ल्यायो एक्साइड ब्याट्रीको ‘महा-एक्सचेन्ज धमाका’ अफर, ५० प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दसैँ–तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ ।

सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री साटेर एक्साइड ब्याट्री लिन वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले यस योजनामार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङको व्यवस्था पनि गरेको छ। योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन् । यसका साथै ग्राहकले एक पटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।

नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत ग्राहकले यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एप (SIPRADI STAR App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुनेछन् ।

यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीले टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?