यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ फेस्टिभ राइड, चार रुटमा ९५ राइडर सहभागी

लोकपथ
0
Shares

काठमाडौं । दशैँको खुसी र उत्साह साटासाट गर्ने उद्देश्यले यामाहा नेपालको राइडिङ कम्युनिटी ‘यामाहा ब्लु स्ट्रिक्स’ले ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ । देशका विभिन्न स्थानमा आयोजना गरिएको यस राइडमा ९५ जना राइडर सहभागी भएका थिए ।

कार्यक्रमअन्तर्गत पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेटेर चारवटा रुट तय गरिएको थियो । धरानदेखि भेडेटार फार्म भिलेजसम्मको राइडमा २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए ।

यी राइडमार्फत राइडरहरूले विभिन्न स्थानको भ्रमण गर्दै दशैँको खुसी साटासाट गरेका थिए। कार्यक्रमले चाडपर्वको उत्साहलाई सडक यात्रासँग जोड्नुका साथै राइडरहरूबीच आपसी सम्बन्ध र सहकार्य बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।

यामाहा ब्लु स्ट्रिक्सले यस कार्यक्रममार्फत नयाँ ठाउँको भ्रमण, सामूहिक यात्रा र बलियो राइडिङ समुदाय निर्माणमा जोड दिएको छ । यसले दशैँको सांस्कृतिक महत्त्वलाई साहसिक यात्रासँग जोड्दै राइडरहरूलाई नयाँ अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत नेपालका विभिन्न रुटमा दशैँको खुसी र एकताको भावना फैलाउने लक्ष्य राखिएको बताए । उनले राइडरहरू एकसाथ यात्रा गर्दै रोमाञ्चक राइडको अनुभव लिन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

यामाहा ब्लु स्ट्रिक्स यामाहाको मोटरसाइकलप्रति रुचि राख्ने र यसको गुणस्तरलाई महत्त्व दिने राइडरहरूलाई एकै ठाउँमा जोड्ने प्लेटफर्म हो । यसले राइडरहरूबीच सम्बन्ध बलियो बनाउनुका साथै यामाहा र ग्राहकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?