कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन् ।

उपकरण हस्तान्तरण कार्यक्रममा अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ र चिसो पिउने पानी उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको प्रशंसासमेत गरे ।

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा तथा समग्र सामाजिक विकासमा सकारात्मक योगदान गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बैंक तथा कोशी अस्पतालका कर्मचारीहरूको उपस्थिति थियो । बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?