८,००० एमएएच ब्याट्रीसहित भिभो वाई३२ नेपाली बजारमा, मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समयसम्म फोन प्रयोग गर्नुपर्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस फोनमा ४४ वाट फास्ट चार्जिङ, पानी तथा धुलोबाट सुरक्षा र बलियो डिजाइनलगायतका सुविधा छन् ।

भिभो वाई३२ युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर फोन प्रयोग गर्नुपर्ने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ ।

यस फोनको मुख्य विशेषता ८,००० एमएएच क्षमताको ब्याट्री हो। कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १,५०० पटक पूर्ण चार्ज गरेपछि पनि ब्याट्रीको क्षमता कम्तीमा ८० प्रतिशत कायम राख्न मद्दत गर्छ ।

त्यस्तै, फोनमा स्मार्ट चार्जिङ इन्जिन र ओभरनाइट चार्जिङ प्रोटेक्सन सुविधा पनि छ । यी सुविधाले चार्जिङ प्रक्रियालाई व्यवस्थित गरी ब्याट्रीमा पर्ने अनावश्यक दबाब कम गर्न मद्दत गर्छन् । फोनमा रहेको ४४ वाट फ्ल्यासचार्ज सुविधाले छोटो समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्छ ।

डिजाइनतर्फ फोनमा मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट दिइएको छ । डायनामिक लाइटले फोनमा कल, म्यासेज तथा अन्य सूचना आउँदा प्रकाशमार्फत संकेत दिन्छ ।

फोनलाई दैनिक प्रयोगका क्रममा सुरक्षित बनाउन आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता र एन्टी–ड्रप आर्मर डिजाइन दिइएको कम्पनीले जनाएको छ। यी सुविधाले धुलो, पानी तथा आकस्मिक रूपमा फोन खस्दा हुने जोखिमबाट थप सुरक्षा प्रदान गर्छन् ।

भिभो वाई३२ आजैदेखि नेपालभरका अधिकृत भिभो रिटेल स्टोरमा तीन भेरियन्टमा उपलब्ध भएको छ । कम्पनीले यसको मूल्य ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडलको ३९ हजार ९९९ रुपैयाँ, ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडलको ४५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मोडलको ५२ हजार ९९९ रुपैयाँ तोकेको छ ।

विशेष लन्च अफरअन्तर्गत पहिलो ३० दिनभित्र भिभो वाई३२ खरिद गर्ने ग्राहकले थप दुई वर्षको ब्याट्री वारेन्टी पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?