प्रकाश रसाईली स्नेही फेरि बने कांग्रेस सहमहामन्त्री

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट प्रकाश रसाईली स्नेही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनले ४ हजार ८०३ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।

सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा मानबहादुर नेपालीले १ हजार १२० मत प्राप्त गरे भने नरेन्द्र पासवनले ७७२ मत पाए ।

स्नेही यसअघि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । नियमित महाधिवेशनबाट पनि उनी सोही पदमा निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?