प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न अध्यक्ष कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेको र नेपालप्रति ऐक्यबद्धता जनाएकोमा एडीबीप्रति आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

भेटवार्तामा अर्थमन्त्रीको भ्रमण दलमा सहभागी अर्थसचिव डा.घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?