काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी विपद्लगायत जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या र क्षतिलाई प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार पारेको जलवायु परिवर्तनको असरसम्बन्धी धारणा बुझाएका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री शाहसँग कांग्रेस, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट छन् भन्ने सन्देश दिन खोजिएको उपसभापति शर्माले बताए ।
उनका अनुसार भेटमा नेपालमा जलवायु परिवर्तनले पारेको असरलाई आवश्यक प्रमाण र तथ्यसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
नेपालले विश्वको कुल कार्बन उत्सर्जनको १ प्रतिशतभन्दा पनि कम उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण ठूलो विपद् र क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने कांग्रेसको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया