दयाहाङको सिनेमा ‘पेन्सन पट्टा’ले कति कमायो ?

लोकपथ
63
Shares

काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म ३ करोड ७९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

माहोत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् ।

त्यस्तै, अभिनास विक्रम शाहको निर्देशनमा बनेको ‘एलिफेन्टस् इन द फग’ले १ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा पुस्पा थिङ मुख्य भूमिकामा छिन् । यो चलचित्र यसअघि ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भइसकेको छ ।

सशान कँडेलको निर्देशन रहेको चलचित्र ‘बेहुली’ले २ करोड २८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा पारश बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।

त्यस्तै, नीता ढुंगानाको निर्देशन रहेको ‘पार्वती’ले २ करोड २४ लाख रुपैयाँ कलेक्सन गरेको छ । चलचित्रमा नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा छन् ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ भने २६ करोडनजिक पुगेको छ । कपिल रिजालको निर्देशनमा बनेको चलचित्रले हालसम्म २५ करोड ९४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?