अमेरिका जानुअघि कांग्रेस नेताहरुसँग प्रधानमन्त्री वालेनको भेट

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री वालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका थिए । छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै उपसभापति विश्वप्रकाश शर्मा पनि उपस्थित रहेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भएको भेटमा संयुक्त राष्ट्र संघमा नेपालले उठाउनुपर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?