काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले १८ भदौमा गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवाअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बाराको प्रजिअ र बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रजिअ बनाइएको छ । गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखा र दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ । रौतहटका प्रजिअ दिनेश सागर भुसाललाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रजिअ बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ । डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई बाँकेको सहायक प्रजिअमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रजिअ, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङको प्रजिअ र बन्दना केसीलाई सल्यानको प्रजिअ बनाइएको छ । गणेश गैरैलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिइएको छ ।
बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअ बनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया