काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा चाँडै अमेरिकी हमला हुन सक्ने बताएका छन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्रमा हमला गर्ने संकेत दिएका हुन् । सो क्षेत्रमा जमिनमुनि गहिरा सुरुङ रहेकाले यसलाई निकै सुरक्षित मानिन्छ ।
ट्रम्पले इरानसँग भइरहेको अमेरिकी सैन्य कारबाहीलाई ठूलो युद्ध नभई ‘सैन्य संघर्ष’ भएको बताएका छन् । उनले यो संघर्ष अमेरिकाका लागि ठूलो विषय नभएको दाबी गरे ।
ट्रम्पका अनुसार इरानसँगको संघर्षमा अहिलेसम्म १८ अमेरिकी सैनिकको ज्यान गएको छ । उनले विगतको भियतनाम युद्धमा अमेरिकाले ठूलो संख्यामा सैनिक गुमाएको स्मरण गर्दै अहिलेको संघर्ष त्यसको तुलनामा निकै सानो भएको बताए ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा भइरहेको अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्न नहुने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया